नेकपा माओवादीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनयुद्धबालदेखि वाइसीएलको भूमिकालाई निरन्तर रुपमा अघि सार्न आग्रह गरेकी छिन् । मन्त्री मोक्तानले भनिन्–‘जसरी तत्कालिन समय १० वर्षे जनयुद्धदेखि ०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन सम्म आउदा वाइसीएलको भुमिका महत्वपूर्ण थियो, आगामी दिनहरुमा त्यो भन्दा अझ सशक्त र परिवर्तनशील भएर वाइसीएल लाग्न आग्रह छ ।’ वाइसीएल थाहानगर ७ को वडा भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेकी मोक्तानले २५ कात्तिकमा यस्तो आग्रह गरेकी हुन् । मन्त्री मोक्तानले पार्टीको अवस्था र युवाहरूको भुमिकाबारे प्रकाश पारिन् ।

 

वाइसीएल थाहानगर अनुशासन बिभाग प्रमुख मोहन शमशेर थिङले संचालन गरेको भेलाले वाइसीएल थाहा नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा पुनः तिलक बहादुर गोले लाई चयन गरेको छ। कमिटीको उपाध्यक्षमा दशरथ सिंजाली मगर, सचिव कृष्णा गोले, कोषाध्यक्ष रीता सुनुवार सदस्यहरु बुद्धिमान थिङ, मान बहादुर थिङ, लिलाराज गोले लगायत ३३ सदस्यीय कमिटी गठन गरियको मोहन शमशेर थिङले जानकारी दिए । वाइसीएल भेलामा गत कार्तिक २ देखि ४ गते सम्म बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम बंगबन्धु अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्ने थाहा ७ का रिजन मोक्तानलाई सम्मान गरिएको छ । १२ देशका खेलाडीले भाग लिएको प्रतियोगितामा स्वर्ण बिजेता मोक्तानलाई प्रमुख अतिथी मन्त्री कुमारी मोक्तान र नगर प्रमुख बिष्णु बिष्टले सम्मानपत्र प्रदान गरेका हुन् ।

वाइसीएल ७ नम्बर वडाका अध्यक्ष तिलक बहादुर गोलेको अध्यक्षतामा सम्पन्न भेलामा थाहा नगर प्रमुख तथा माओवादी थाहा इन्चार्ज बिष्णु बिष्ट आदर्श, सहकारी विभागका केन्द्रिय सदस्य बिष्णुहरी ढकाल जंगली, माओवादी थाहाका अध्यक्ष बिनोद कुमार लामा, वाइसीएल केन्द्रिय सदस्य अरुण मोक्तान, नवराज थिङ, वाइसीएल बागमती प्रदेश सदस्य दिपेन्द्र थिङ, माओवादी जिल्ला समन्वय सदस्य तथा भुमी आयोगका जिल्ला सदस्य अरुण रायमाझी, वाइसीएल थाहाका अध्यक्ष मानसिं दोङ, उपाध्यक्ष जयशंकर आले मगर, वाइसीएल नगर सचिव युवराज बिष्ट, माओवादी थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, तामाङ राष्ट्रिय मुक्ती मोर्चाका थाहा अध्यक्ष इमान सिं मोक्तान लगायत नेता कार्यकर्ता हरुको उल्लेख्य उपस्थिति रहेको थियो।