थाहा नगरपालिका वडा नम्बर २ फाँटबजारमा जारी विनयबाबु स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगितामा साविक बिजेता आमभन्ज्याङ युवा क्लव क्वाटरफाइनलबाटै बाहिरिएको छ।
२६ कात्तिकमा भएको क्वाटरफाइनल खेलमा आयोजक विनयबाबू स्मृति प्रतिष्ठान संग ३(१ को सेटले पराजित भएको हो । यस अघिको दुई संस्करणमा जित हासिल गरेको आमभन्ज्याङको यसवर्षको प्रयास सफल हुन सकेन ।
आयोजकसंगै छहारी युवा क्कव र किङ ब्रदर्स सोल्टु पनि सेमिफाइनल प्रवेश गरेका छन। छहारीले चित्लाङ राइजिङ स्टारलाई र सोल्टुले आयोजक बि लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन। अर्को अन्तिम क्वाटरफाइनल खेल भोलि बिहान मंगलेश्वर भाङ्खोरिया र बि वाइ सि बागेश्वरी युवा क्कव डाडागाउ बिच हुने प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए।
फाइनल २७ कात्तिक दिउँसो २ बजे हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीयलाई २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने छ । प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच प्रदान गरिने छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्