सिद्धलेक गाउँपालिकामा बालमैत्री स्थानीय स्थानीय शासन लागु हुने भएको छ ।
गाउँपालिकाले आगामी २०८३ माघभित्र बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने भएको हो । २०८० कार्तिक २३ र २४ गते आयोजित बालमैत्री स्थानीय शासन नीतिगत प्रक्रियागत अवलम्बन, कार्य कार्यान्वयन तथा घोषणासम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
बालमैत्री स्थानीय स्थानीय शासन, संघीय मामिला विष्णु प्रसाद चौबेद्धारा सहजीकरण तथा कार्यक्रमबाट गाउँपालिकालाई २०८३ माघ महिनाभित्र बालमैत्री स्थानीय शासनयुक्त घोषणा तथा दिगोपनाको लागि पूर्णरुपले कर्तव्य पालना गर्न सामूहिक हस्ताक्षर गरी प्रतिबद्धता जनाएको छ ।
अभिमुखीकरणमा गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षता तथा उपाध्यक्ष सविता अर्याल, प्रमुख प्रशासकीय सन्जयबहादुरको स्याङ्तानको विषेश आथित्यमा उक्त गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका प्राध्यापक, स्वास्थ्य स्वयंम सेविका, प्रहरीको उपस्थितिमा भएका थिए ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्