मकवानपुर थाहानगरमा नेपाल संवत ११४४ प्रारम्भ भएको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । थाहा नगरपालिकाको वडा ३ गोपाली गाउँ र ६ नम्बर वडाको कुन्छालमा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।
गोपाली गाउामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले नेपाल सम्वतको महत्व झनै बढेर गएको बताएका छन् । धार्मिक तथा साँस्कृतिक रुपले धनी नेपालमा नेपाल संवत मौलिक संवत भएकोले यसको प्रयोग र महत्व रहेको धारणा राखे । २८ कात्तिकमा नेपाल सम्वत ११४४ नयाँ वर्ष शुभारम्भको अवसरमा पालुङबाट निकालिएको ¥यालीपछि गोपाली गाउँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रमुख भरत गोपालीले भने–‘जनताको ऋण तिरेर दासत्वबाट मुक्ति दिलाउँदै राष्ट्रिय विभूति शंखधर साख्वाःले शुरु गर्नुभएको यस सम्बतलाई राष्ट्रिय सम्बत मात्र होइन अन्तराष्ट्रिय सम्बतको मान्यता पाउने विश्वास छ ।’ उपप्रमुख गोपालीले नयाँ वर्षको शुरुवात भएसँगै देशमा शान्ति, उन्नति प्रगति कायम हुने चाहना व्यक्त गरे। नेपाल संवतको अवसरमा उपप्रमुख भरत गोपालीले सदाझै पालुङको लाम्पाटी अगाडि राष्ट्रिय झण्डाको झण्डोतलन गरी सुरुवात गरेका थिए ।

कार्यक्रममा सहभागी जातीय भेषभुषामा सजिएका नेवार समुदाय र गैर नेवार समुदायका मासिनहरुबीच भेटघाट, शुभकामना आदान–प्रदान र नेवारी परिकारका खानेकुरा खुवाइएको पालुङ भिन्तुना समितीका संयोजक बिजय बिक्रम श्रेष्ठले बताए । भिन्तुना आयोजक समिती गोपाली गाउँका अध्यक्ष विकेश गोपालीको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथी थाहानगर उपप्रमुख भरत गोपाली सहित पालुङ भिन्तुना संयोजक बिजय बिक्रम श्रेष्ठ, ल्याम्ह पुचः ओखरबजार अध्यक्ष सुविन्द्रमान प्रधान गोजिरियो कराते प्रशिक्षक मानसिंह दोङ, ओखरबजार हितकारी समूह अध्यक्ष संजय प्रधान गोपाली गाउँका काजी जगत बहादुर गोपाली, बुद्ध गोपाली, खिँ गुरु सुरज गोपाली, ओखरबजारका खिँ गुरु धर्मलाल प्रधान लगाएतका उपस्तिथि रहेको थियो ।

नेपाल सम्बत ११४४ को अवसरमा बज्रबाराहिमा पनि शुभकामना र्याली निकाली शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो। बज्रबाराहीमा आयोजित कार्यक्रममा पनि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले सहभागिता जनाएका थिए ।

 

पालिका प्रेस
थप जानकारी