थाहा नगरपालिकाको इन्द्रायणी माईको मन्दिरमा क्षमा पुजा गरिएको छ । २ मंसिर विहान यहि १४ मंसिरबाट शुरु हुने चौथो थाहा महोत्सवको लागि क्षमा पुजा गरिएको हो । महोत्सव आयोजना गरिन लागिएको उक्त इन्द्रायणी मन्दिर परिसरमा थाहा नगरपालिकाको नगर प्रमुख विष्णु बहादुर विष्ट तथा उपप्रमुख भरत गोपालीको विशेष उपस्थितीमा थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा पुजा गरिएको हो ।
इन्द्रायणी चौरमा मन्दिरलाई छेकिने गरी कुनै कार्य गर्दा इन्द्रायणी माईको क्षमा पुजा गर्ने चलन रहि आएको छ । उत्तरी मकवानपुरकै शक्ति पिठहरु मध्येको प्रशिद्ध रहेको मन्दिरमा आयोजित क्षमा पुजामा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालसहित पदाधिकारीहरु, इन्द्रायणी–भगवती–कालाभैरव गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठ, सचिव मधुकरविक्रम श्रेष्ठलगायतका उपस्थिति रहेको थियो।
क्षमा पुजा पश्चात् महोत्सवको लागि चौरमा स्टल निर्माण गर्न बाटो खुलेको महोत्सव आयोजक मुल समितिका अध्यक्ष पुरुषोत्तम ढकालले बताए । अब छिटो स्टल निर्माणको काम थालनी हुने उनले जानकारी दिए । यसअघि पनि आयोजना हुँदै आएको थाहा महोत्सव कोभिड महामारीका कारण स्थगित भएको थियो । यसवर्ष आयोजित थाहा महोत्सव चौथो हो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्