नेपाल शिक्षक संघ मकवानपुरले भुकम्प पीडितहरुका लागि ६० हजार एक सय ७० रुपैयाँ सहयोग गरेको छ । शिक्षक संघ मकवानपुरले संकलन गरेको रकम जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा जम्मा गरिएको हो ।

विभिन्न सहयोगी व्यक्तित्व मार्फत संकलन गरिएको रकम भुकम्प पीडितहरुलाई थोरै भएपनि सहयोग पुग्ने गरी सहयोग गरिएको शिक्षक संङ्घ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईंले जानकारी दिए ।

जाजरकोट र रुकुमपश्चिममा भुकम्प पीडितहरु अहिले पनि त्रिपाल मुनी बस्दै आएका छन् । उनीहरुका निम्ति संकलन गरिएको रकम हस्तान्तरण गरिएको अध्यक्ष हुमागाईले बताए ।

पालिका प्रेस
थप जानकारी