यही मंसिर १४ गतेदेखि २६ गतेसम्म थाहानगरमा हुन लागेको चौथो थाहा महोत्सवको लागि २ सय २० वटा स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ । महोत्सवको लागि २ सय ५० वटा स्टल सञ्चालन गर्ने लक्ष्य लिएकोमा मंगलबार सम्ममा २ सय २० वटा स्टल बुकिङ भइसकेको थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी दिए ।
महोत्सवमा कृषि उपज, घरेलु हस्तकला, स्थानीय उत्पादन, कुलेखानीको माछा, नेवारी परिकार बिक्री तथा प्रदर्शनी, सूचना प्रविधि सम्बन्धि जानकारी, दैनिक उपभोग्य सामाग्रीको बिक्री लगायतका सामाग्री रहने उनले बताए । महोत्सवमा स्टल बुकिङ गर्दा ५० प्रतिशत रकम अग्रिम भुक्तान गर्नुपर्ने थाहानगर उद्योग वाणिज्य संघले जनाएको छ । संघद्वारा जारी सूचना अनुसार पशुपालन, डेरी, कृषि सामग्री तथा औजार, घरेलु हस्तकला, हर्वल तथा जडिबुटीका लागि १४ हजार शुल्क तोकिएको छ ।
त्यसैगरी कस्मेटिक, घडी, चश्मा, ब्लाड्ढेट, व्याग, पर्स, बेल्ट, ट्याटु, मोबाइल कभर, जुत्ता, चप्पल, बैंक, वित्तीय संस्था, गैरसरकारी संस्था, भाँडा, फेन्सी तथारेडिमेड सामानहरुका लागि २५ हजार शुल्क तोकिएको संघका अध्यक्ष पुरुषोत्तम ढकालले जानकारी दिए । बहुर्राष्ट्रिय उद्योग र होटल तथा रेष्टुरेन्टका लागि ५० हजार शुल्क तोकिएको छ । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा १० दिने बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सवको लागि मूल समारोह समितिले विभिन्न निकायहरुसँग छलफल कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
महोत्सवमा रोटे पिङ, मवतका कुवा, बाल उद्दानका सामाग्री, आकर्षण टिकटक स्टेज, ड्राइगन रेल लगायत राखिने मुल आयोजक समितिका थाहा नगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले बताए । अहिले धेरैजसो स्टलहरु बुकिङ भैरहेको र बुकिङ गर्न इच्छुकले छिटो सम्पर्क गर्न उनले आग्रह गरेका छन् । महोत्सवमा चर्चित राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।
गत असोज ३० गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहानगर उवासंघलाई आगामी मंसिर १४ देखि २५ सम्म थाहा महोत्सव गर्न अनुमति दिएको थियो । मंसिर भन्दा पछाडि मेला महोत्सव गर्न थाहा नगरमा चिसो बढी हुने भएकोले दसैतिहार सकिएलगत्तै आयोजना गरिएको थाहा नगर उवासंघका बरिष्ठ उपाध्यक्ष शम्भुसिंह कार्कीले बताए ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्