![](https://palikapress.com/wp-content/uploads/2023/10/Chandragiri-Paraglading-1024x768.jpg)
मकवानपुरको थाहा नगरपालिकामा १४ मंसिरबाट चौथो थाहा महोत्सव शुरु हुँदैछ । ‘कृषि, पर्यटन, पूर्वाधार–आर्थिक विकासको मूल आधार’ नाराका साथ थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहा नगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन हुँदैछ ।
विहान ९ः३० बजे थानाबजारबाट बाजागाजासहित र्याली सुरु भई महोत्सव स्थलमा पण्डितबाट स्वस्तिक वाचन गरी प्याराग्लाइडिङबाट पुष्प वृष्टि गरी महोत्सवको उद्घाटन गर्ने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गर्ने छन् ।
‘थाहा महोत्सवमा हरेक दिन एक जना दोहोरी, एक जना आधुनिक र हास्यव्यङ्ग्य कलाकारलाई समेट्ने योजना रहेको छ ।’ उनले भने –‘कलाकारहरुको तालिका अनुसार कार्यक्रम तय गर्नुपर्ने छ ।’
प्रतिक्रिया दिनुहोस्