मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धुवाडीपुल नजिक बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइल चालक मकवानपुरगढी २,कुर्ले पाखाका ३५ वर्षिय भीमबहादुर स्याङतान, ३४ वर्षिया उनकी पत्नी रुपा र उनीहरुका ७ महिनाकी छोरी छन् ।

मकवानपुरगढीकै वडा नम्बर ७,सुकौरा पुगेर कान्तिलोकपथतर्फ आउँदै गर्दा उनीहरु चढेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल छेउबाट करिब १२ मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रुपा र उनकी छोरी करिब ७ महिनाकी शिशुको घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते भएका मोटरसाइकल चालक भीमबहादुरलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् उपचारका लागि चितवनतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

पालिका प्रेस
थप जानकारी