प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले संसदीय दलको सचेतक महेश कुमार बर्तौलाले थाहा फिल्म फेस्टिभलले थाहानगरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

‘पर्यटनको लागि फ्लिम फेस्टिभल’ भन्ने मुल नाराको साथ थाहा कला केन्द्रको आयोजनामा सप्ताहव्यापी रुपमा संचालन भइरहेको थाहा फिल्म फेस्टिभलमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएको हुन् । यो सगै बर्तौलाले चलचित्रको माध्यमबाट पनि पर्यटन क्षेत्रको विकासलाई सार्थक दिन यस्ता कार्यक्रमहरु आयोजना हुनुपर्नेमा जोड दिए ।
थाहा फिल्म फेस्टिभलको छैटौं दिन नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’, नेपाली सर्ट फिल्म मलामी र डकुमेन्टरी फिल्म गड्स बफेलो प्रदर्शन गरिएको थियो भने १५ मंसिर सातौं दिन नेपाली कथानक चलचित्र डेशान र सुनाखरी नामक वृत्तचित्र प्रदर्शनी सहित समापन कार्यक्रम रहने फेस्टिभल आयोजक समितिका संयोजक प्रमोद कृष्ण जोशीले जानकारी दिए ।

छैठौँ दिन द सेक्रेट अफ राधाका निर्देशक सुवर्ण थापा, निर्माता अनुप थापा तथा चलचित्र राधाकै को–प्रोड्युसर उमेश गुप्ताको उपस्थिति रहेको थियो । थाहानगरको अधिकांश क्षेत्रमा छायांकन गरिएको चलचित्र राधालाई थाहा फिल्म फेस्टिभलमा समावेश गरि थाहाकै दर्शक विच भव्यताका साथ प्रदर्शनी गरिएकोमा खुसी व्यक्त गर्दै निर्देशक थापाले थाहानगर वास्तवमै चलचित्र छायांकनको लागि उपयुक्त स्थान रहेको उल्लेख गरे ।

मंसिर ९ गतेदेखि सञ्चालन भएको फेस्टिभल मंसिर १५ गते समापन हुँदैछ । समापन बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमूख आतिथ्यतामा बिहान ११ बजे जेसिज हलमा हुने फेस्टिभलका उपसंयोजक राजिव कुमार स्याङ्तानले बताए ।

पालिका प्रेस
थप जानकारी