File Photo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मकवानपुरको थाहा नगरपालिकामा कृषि विश्वविद्यालय स्थापना आवश्यक भएको बताएका छन् । चौथो थाहा महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्री जमकट्टेलले भने–‘यहि २० गतेसम्म बागमती प्रदेश सरकार समक्ष प्रस्ताव लिएर आउनुस, कृषि विश्वविद्यालय स्थापना कार्य अघि बढाउनूस ।’

थाहामा कृषि विश्वविद्यालय बनाउने उल्लेख गर्दै मुख्य मन्त्री जमकट्टेलले प्रदेशका ८५ वटा स्थानीय तहलाई भौगोलिकताको आधारमा कृषि पकेट क्षेत्र बनाउन लागेको उल्लेख गरे । उनले थाहा नगरपालिकाको समृद्धिको ढोका रहेको थानकोट–चित्लाङ सडकमा राजनिती भएको बताउदै उक्त सडक प्रदेश मातहतमा आए बन्न सक्ने बताउँदै संघीय सरकारले सो सडक नबनाउने नियत राखेको बताए ।

पालिका प्रेस
थप जानकारी