चौकिटोल-लालझाडी पक्की पुल निर्माण छिटो गर्न निर्माण व्यवसायी ठेकेदारलाई एमाले (सचेतक) महेश वर्तौलाले आग्रह गर्नु भएको छ । हेटौंडा उपमहानगर पालिकाको वडा नम्बर १ स्थित राप्ती खोलाको चौकिटोल-लालझाडी पक्कि पुल निर्माणमा ढिलाई भएको भन्ने स्थानियहरुको व्यापक गुनासो पछि आज यातायात निर्देशनालयको स्थानिय, मकवानपुर २ बाट निर्वाचित साँसद तथा स्थानीय जनप्रतिनिधिहरु र निर्माण व्यवसायी सहितको त्रीपक्षिय छलफल डाकेको थियो ।
छलफलका क्रममा स्थानीयहरुले आफुहरु बर्सेनि पुल बन्ने आशामा बस्ने गरेको तथा पुलको काम सुस्त भएको हुंदा आफुहरु तुइन र साँगु तर्न बाध्य भएकोले पुलको काम किन ढिला भयो भनेर प्रश्न गरेका थिए । उनिहरुले बगरमा दुई वटा मेसिन आएर बस्ने तर काम भने नभएको भन्दै ठेकेदार वा कार्यालय कस्को कमजोरीले गर्दा काम नभएको हो भनेर प्रश्न गरेका थिए । छलफलका क्रममा निर्माण व्यवसायी मिलन पाठकले पुलको काम ढिलाई हुनुमा आफ्नो दोश नभएको तथा कार्यालयले डिजाईन स्टमेट परिवर्तन गर्दा र पछिल्लो बजारको मन्दिले गर्दा काममा समस्या भएको प्रस्ट्याएका थिए । उनले आफुले काम गर्न इच्छुक भएको वताउदै मेसिन तथा आवस्यक सरसामान निर्माण स्थलमा खसालेको तथा आफुलाई काम गर्ने वातावरण तैयार पार्न स्थानीय वासी, जनप्रतिनिधि तथा पुर्वाधार कार्यालयलाई अनुरोध गरेका थिए ।

छलफलका क्रममा मकवानपुर २ बाट निर्वाचित सांसद महेश वर्तौलाले स्थानीय जनताहरु बर्सेनि राप्तिबाट प्रताडित भएको वताउदै काममा समस्या आए आफू पनि आवस्यक वातावरण बनाउन तैयार भएको तर पुल निर्माणमा ढिलाई नगर्न आग्रह गर्नु भएको थियो । यातायात पुर्वाधार निर्देशनालय प्रमुख लोकनाथ रेग्मीले कार्यालयको तर्फबाट कुनै व्यवधान नरहेको प्रस्ट्याउदै आफुले पेमेन्टमा पनि ढिला नगर्ने तर काम भने छिटो गरेर हुनु पर्ने उल्लेख गरेका थिए । हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेले वडा कार्यालय आवस्यक वातावरण बनाउन र काममा श्रमदान दिन समेत स्थानीय तयार रहेको वताए । तीन पक्षिय छलफल पछि निर्माण व्यवसायीले कामको सेड्युल तैयार गरि कार्यालयमा एक साता भित्र बुझाउने र त्यसै अनुरुप काम सम्पन्न गर्ने सहमति समेत भएको छ

























































प्रतिक्रिया दिनुहोस्