दैनिक जिवन यापनमा समस्या व्यहोर्दै आएका हेटौंडाका दुई जना शारिरीक अशक्तलाई सहायक सामग्री बितरण गरीएको छ । १५ मंसिरमा उपमहानगरको वार्षिक स्वीकृत कार्यक्रम अनुसार हेटौंडा १० र ११ का दुई शारिरीक अशक्तलाई नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सामग्री अभिभावकको जिम्मा लगाएका हुन् ।

हेटौंडा १० का अर्विन्दसिंह पाख्रिन र ११ का कस्मिता पुरीलाई एक÷एक वटा ह्विच चियर प्रदान गरेको महिला तथा बालिवालिका महाशाखाले जनाएको छ । उनिहरुलाई दिइएको सहायक सामग्री दुबै जनाका अभिभावकले लिएका थिए । घरमा हिड्डुलका लागि असहज भएको अवस्थामा उपमहानगरले दिएको सामग्रीले शारिरीक अशक्त रहेका दुबैको जिवन पापनमा सहज हुने अभिभावकहरुले बताए ।

हेटौंडा उपमहानगरले चालु आर्थिक वर्ष २०८०/०८१ मा कृतिम खुट्टा १, ह्विल चियर ४, इलेक्ट्रिक ह्विल चियर २, पैताला र खुट्टा सिधा गर्ने ‘एपिव’ जुत्ता १ वटा हस्तातरण गरीसकेको छ ।

पालिका प्रेस
थप जानकारी