१४ मंसिरबाट शुरु चौंथो थाहा महोत्सवको तेस्रो दिन १६ मंसिर शनिबार चर्चित लोकदोहोरी गायिका शान्तीश्री परियार आउने भएकी छिन् । परियार संगै दोहोरीको क्षेत्रका चर्चित गायक सरोज लामिछाने पनि आउने कार्यक्रम रहेको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिब जर्मलाल श्रेष्ठले जानकारी दिए ।
हरेक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । १५ मंसिरमा रबि रिमाल र जादुगर गणेश केसी आउने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
दोस्रो दिन थाहा आइडलको अडिसन राउन्ड सम्पन्न भएको आइडल संयोजक यादव जंग रायमाझीले जानकारी दिए।रायमाझीका अनुसार ३४ जनाले सहभागिता जनाएको थाहा आइडल एकल नृत्य प्रतियोगितामा आज भएको अडिसन बाट २० जना प्रतिस्पर्धी अर्को राउन्डमा पुगेका छन।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्