चौंथो थाहा महोत्सवको चौथो दिन १७ मंसिरमा चर्चित कलाकार दुर्गोस थापा आउने भएका छन् । थापासहित हाँस्यकलाकार सागर लम्साल (बले)को बेजोड प्रस्तुती रहने मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिब जर्मलाल श्रेष्ठले जानकारी दिए ।

हरेक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । १७ मंसिरमै कलाकारहरु लोग गायिक मन्जु पौडेलको समेत बेजोड प्रस्तुती रहने भएको छ । जेविस जेभिनको प्रस्तुतीपनि १६ मंसिरमै रहने आयोजकले जानकारी दिएको छ ।

थाहानगरको इन्द्रायणी चौरमा भैरहेको महात्सवमा थाहा आइडलको नियमित प्रस्तुती भने दिनदिनै हुने आयोजकले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी