मकवानपुर थाहानगरमा जारी चौथो थाहा महोत्सवमा १८ मंसिरमा राजेश पायल राई आउने भएका छन् । नेपाली आधुनिक संगितका क्षेत्रमा वर्षौदेखि राज गर्दै आएका गायक राइको साँङ्सगितीक प्रस्तुति रहने आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले जानकारी दिए ।

आधुनिक गायनका सम्राट समेत मानिने राई थाहा नगरमा आउने भएपछि उनका फ्यानहरु महोत्सव स्थल पुग्ने भएका छन् । महोत्सवमा राइको साँङगितिक माहोलले रौनक थप्ने आयोजकको अनुमान छ ।

आयोजकको विशेष आग्रहमा राई महोत्सवमा सहभागी हुन थाहानगर आउन लागेको थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले जानकारी दिए । दर्शन नमस्ते सिरिजबाट नेपाली मनमस्तीष्कमा बस्न सफल गायक राईले महोत्सवमा हंगामा मच्चाउने छन् ।

राईसँगै चर्चित जनगायक जिवन शर्मा, गायक बालचन्द्र बरालपनि महोत्सवमा आउँदै छन् । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहा नगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन भइरहेको छ ।

पालिका प्रेस
थप जानकारी