नेपालका चर्चित गायक राजेश पायल राईले थाहानगर बासीलाई सोमबार नचाएका छन् । थाहा नगर उद्योग वाणिज्य संघको आयोजनामा थाहानगरमा जारी चौथो थाहा महोत्सवमा ‘राइ इज किङ’ उपनामले चर्चित राइको प्रस्तुतीमा दर्शक झुमेका हुन् ।

दर्शकको रोजाईबाट दर्शन नमस्ते गीतबाट राईले प्रस्तुती दिएका थिए । उनले तिमी ज्यान माग ज्यान दिन्छु, म त मर्छु कि क्या हो ठूली, मरि लानु के छ र, फेरी फेरी नाइ नभन्नू ल, टल टल टल्किनेलगायत आफ्नो हिट गीतहरुलाई रिमिक्स भर्जनमा प्रस्तुती दिएका थिए ।

राई सँगै चर्चित जनगायक जिवन शर्मा, गायक बालचन्द्र बरालको प्रस्तुतीमा दर्शक झुमेका थिए ।

मंसिर २५ गतेसम्म सञ्चालन हुने महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारको प्रस्तुती र थाहा आइडल एकल नृत्य प्रतियोगिता सञ्चालन भइरहेको छ । थाहा आइडल एकल नृत्य प्रतियोगिताको टप २० का प्रतिस्पर्धीबाट मंसिर २० गते टप १० छनौट गरिने प्रतियोगिताको संयोजक यादवजंग रायमाझीले जानकारी दिए ।

टप १० हुँदै टप ९, टप ८ छनौट गर्दै टप ६ बाट भोटिङको आधारमा पहिलो, दोस्रो र तृतीय घोषणा गरिने उनले बताए । आइडलको उपाधि जित्नेले नगद ३० हजार रुपैयाँ, द्वितीय हुनेले नगद २० हजार रुपैयाँ र तृतीय हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पालिका प्रेस
थप जानकारी