मकवानपुरको थाहानगरमा जारी चौथो थाहा महोत्सवको अवसरमा भएको थाहा आइडलमा उत्कृष्ट ११ जना छनौंट भएका छ । इन्द्रायणी चौरमा जारी आइडलमा २० मंसिरसम्म ११ जना छनौट भएका हुन् ।

महोत्सवको अवसरमा दिनदिनै भैरहेको प्रतियोगितात्मक थाहा आइडलमा उत्कृष्ट नृत्य गर्नेहरु छनौंट हुँदै आएका हुन् । प्रतियागीहरु मध्ये अब २१ र २२ मंसिरमा १/१ जना बारिहिएपछि २३ गते २ जना बाहिरिनेछन् । बाँकी प्रतिस्पर्धीबाट थाहा आइडल घोषणा हुने आयोजक थााहनगर उद्योग वाणिज्य संघले जानकारी दिएको छ । २१ मंसिरबाट २३ मंसिरसम्म भोटिङ पनि हुने आयोजकले जनाएको छ ।

हेर्नुहोस् उत्कृष्ट ११ मा पर्नेहरुको नामावलीः

  • सुहाना गोपाली
  • अंशु घिमिरे
  • विजय मगर
  • सोनिना वाइवा
  • कृपा गोपाली
  • सइना तामाङ
  • अनिश लामा
  • सन्ध्या थापामगर
  • सुदिप विश्वकर्मा
  • स्वता तामाङ
  • रिया बल
पालिका प्रेस
थप जानकारी