मकवानपुर थाहानगरमा जारी चौथो थाहा महोत्सवमा २२ मंसिरमा चर्चित गायक छेवाङ लामा, रमेशराज भट्टराईप्रतिमा अर्याललगायतका कलाकारहरु आउने भएका छन् । नेपाल साँंगितिक क्षेत्रमा ख्याति प्राप्त गायक गायिकाहरुको आज प्रस्तुति रहने आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा २२ मंसिरमै मानस राज र हाँस्य कलाकार पुर्खे (बा) को पनि धमाकेदार प्रस्तुति हुने भएको छ । थाहा महोत्सवमा ख्याति प्राप्त गायक गायिक आउने भएपछि उनका फ्यानहरु महोत्सव स्थल पुग्ने भएका छन् । दैनिक हुने साँस्कृतिक कार्यक्रममा हजारौ दर्शकहरू झुमिने गरेका छन् ।

पालिका प्रेस
थप जानकारी