मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङमा दुर्घटना भएको छ । चित्लाङको प्रहरी चाैकी भन्दा अलि माथि काठमाण्डौंबाट थाहानगर आउँदै गरेको बा ४ ख ८७७३ नम्बरको यात्रुबहाक बसमा काठमाण्डौंतर्फ जाँदै गरेको बा ६५ प ४१७६ नन्म्बरको मोटरसाइकल ठोकिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबैजना घाइते भएका छन् । घाइते दुवै पुरुष हुन् । घाइतेहरुको उपचारका लागि काठमाण्डौ लगिएको छ । घाइतेको सबै विवरण खुलिसकेको छैन । उनीहरु काठमाण्डौं सतुंगलको भनने प्रारम्भिक जानकारी छ । थप जानकारीका लागि एम्बुलेन्स चालकको सम्पर्क नम्बर 9840661678 मा बुझन सकिने छ ।
घटना सम्बन्धी थप विवरण आउन बाँकी छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्