मकवानपुर थाहानगरमा सञ्चालन भैरहेको चौथो थाहा महोत्सवको दसौं दिन २३ मंसिरमा १० हजार बढिले अवलोकन गरेका छन । मुल आयोजक थाहा नगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले २३ मंसिर एकै दिन १० हजार बढीले अवलोकन गरेको दाबी गरे ।

थाहा नगरपालिकामा जारी कृषि, पर्यटन व्यापार मेल चौथो थाहा महोत्सवमा गायिका रचना रिमालको प्रस्तुतिमा दर्शक झुमेका छन् । २३ मंसिरमा बिदाको दिनको मुख्य आकर्षणका रुपमा उपस्थित रचना रिमालले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाइन् । उनको प्रस्तुतीमा दर्शकले हुटिङ गर्नुको साथै नाचेर साथ दिए । शनिवार रचना सँगै गायक शिव परियारले पनि दर्शक नचाए परियारलेले चर्चित गित गाएका थिए । महोत्सवमा बद्री पंगेनीको दरबिलो प्रस्तुति राखेका थिए ।

थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहानगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव भैरहेको छ ।

शनिबार भएकोले स्टेजदेखि स्टल र बाल उद्यानसम्मै दर्शकको भीडभाड देखिएको थियो । महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकार, स्थानीय र थाहा आइडल एकल नृत्य प्रतियोगिता भैरहेको आयोजकले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी