नेपालकै पहिलो मानवअधिकार स्तम्भ

आज २४ मंसिर अर्थात १० डिसेम्बर अर्थात ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । यस अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

तर, मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ९ मैत्री बगैचामा रहेको नेपालकै पहिलो मानवअधिकार स्तम्भ जहिल्यै छायाँमा छ । नेपालकै पहिलो मानवअधिकार स्तम्भको रुपमा सन् १९९८ मा उक्त स्तम्भ स्थापना गरिएको हो । स्तम्भमा मानव अधिकारको अन्तरराष्ट्रिय विश्वव्यापी घोषणापत्रमा उल्लेख भएको ३१ धाराको पूर्ण पाठ स्तम्भमा उल्लेख गरिएको छ ।

स्तम्भ अहिले जीर्ण अवस्थामा छ । तत्कालीन सांसद् हिरण्यलाल श्रेष्ठको पहलमा उक्त स्तम्भ निर्माण गरिएको हो । अहिले मैत्री बगैचालाई भीमफेदी गाउँपालिकाले पार्ककै रुपमा निर्माण गरिरहेको छ । यद्यपि मानवअधिकार स्तम्भलाई पनि थप प्रचार प्रसार गर्न सके आजको दिन उक्त स्थानमा मानवधिकारवादीहरुको भेला भइ समिक्षा गर्ने स्थलको रुपमा परिचित गराउन सकिने जानकारहरु बताउँछन् ।

पालिका प्रेस
थप जानकारी