थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्य प्रतियोगिताको नतिजा २६ मंसिरमा सार्वजनिक हुँदैछ । २५ मंसिरमा टप ६ मा छनौट भएका प्रतिस्पर्धीले आफ्नो प्रस्तुती दिएका थिए । टप ६ मा अनिश लामा, सुहाना गोपाली, सोनिमा वाइवा, कृपा गोपाली, सन्ध्या थापा र विजय मगर पर्न सफल भएका थिए ।
भोटको नतिजाको आधारमा २६ मंसिर मङ्गलबार थाहा आइडल एकल नृत्य प्रतियोगिता घोषणा गरिने प्रतियोगिताका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । ६ जना प्रस्तुतीको लागि २५ मंसिर बेलुका सम्मको लागि आयोजकले भोटिङको व्यवस्था मिलाएको थियो । प्रतियोगितामा निर्णायक एलिना राना मगर र बिजय श्याम अमात्य रहेका छन् । आइडलको उपाधि जित्नेले नगद ३० हजार रुपैयाँ, द्वितीय हुनेले नगद २० हजार रुपैयाँ र तृतीय हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
कृषि, पर्यटन व्यापार मेला चौथो थाहा महोत्सवमा आज चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, गायिका अस्मिता अधिकारीले प्रस्तुती रहेको आयोजकले जनाएको छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्