मधेश प्रदेशको एकमात्र महानगर बीरगञ्ज महानगरपालिकाका उपमेयरले विवाद झिकेपछि त्यसको निर्णय गर्न मेयर सिंहले कार्यपालिका बैठक नै बोलाएका छन् । उनले मंसिर २८ गतको लागि बैठक बोलाएका हुन् ।
‘मंसिर २८ गते दिउसो २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाइएको छ । बैठकको विषय कार्यालय व्यवस्थापन सम्बन्धी छ,’ बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारले भने । महानगरपालिकाको कार्यपालिका भनेको मेयर, उपमेयर, वडाध्यक्षहरु र नगरसभाले निर्वाचित गरेका ५ जना महिला वडासदस्य रहेको संयन्त्र हो । यसमा सो महानगरभित्रका ३ जना दलित वा अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व रहन्छ । दलित वा अल्पसंख्यक समुदायको प्रतिनिधित्वको लागि भने जनप्रतिनिधि हुन आवश्यक छैन ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ मा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था छ । सो दफाका अनुसार महानगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतले सदस्य सचिव भएर काम गर्ने भन्ने व्यवस्था छ । यसरी हेर्दा बीरगञ्ज महानगरपालिकाले एउटा कोठामा कुन शाखा राख्ने भन्ने विषयमा आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेर कार्यपालिका बैठक नै राख्न खोजेको देखिन्छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्