कमानेको खाऔं, कमानेलाई चिनौं भन्ने नारा सहित पुस ६ र ७ गते हेटौंडा–८ कमानेमा महोत्सब सञ्चालन हुने भएको छ । वडामा रहेका साना उद्योग तथा उद्धमीको उत्पादनलाई बजारीकरण गर्दै स्थानिय उत्पादनलाई प्रवद्धन गर्ने उद्दश्य राखेर सडक महोत्सव सञ्चालनको तयारी गरीएको आईतवार वडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

व्यापार प्रवद्धन एवम् प्रदर्शनी सडक महोत्सव आयोजक समितिका संयोजक बिष्णुप्रसाद अर्जेलले वडामा रहेका १९ टोल विकास सस्थामा आवद्ध रहेका महिला उद्यमीले उत्पादन गरेको स्थानिय बस्तुलाई बजारीकरणमा महोत्सवले मद्दत पु¥याउने बताए । उनका अनुसार बिभिन्न समयमा हेटौंडा उपमहानगरबाट लिएका बिभिन्न प्रकारका तालिममा सहभागि आमा समुहले उत्पान गरेका सामग्री महोत्सवमा समावेस गरीने छ । कमानेको निम चौक देखी सागर चौक सम्मको करिब १८० मिटर क्षेत्रमा सञ्चालन हुने महोत्सबमा स्थानिय उत्पादन र खानाको गरी ७० वटा स्टल रहने बताइएको छ ।

महोत्सवले बिषेश गरी वडा भित्रको उत्पादनलाई जोड दिएको भएपनि बाह्य वडाहरुवाट पनि स्टलको आवश्यकता अनुसार सहभागिता जनाउन सक्ने व्यवस्थापन गरीएको प्रचारप्रसार संयोजक सुदिपराज गिरीले बताए । सस्थागत र व्यक्तिगत रुपमा स्टलको दररेट कायम गरीएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । आयोजकका अनुसार सस्थागत रुपमा २ र व्यक्तीगत ३ हजार रुपियाँ स्टल दर कायम गरीएको बताइएको छ ।

महोत्सवले स्थानिय उत्पालनलाई प्रवद्धन गर्ने, उत्पादित बस्तुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पु¥याउने बिश्वास रहेको आयोजक समितिका संयोजक अर्जेलले बताए । उनका अनुसार प्रदर्शनिमा बिभिन्न २१ वटा बालसमुह मार्फत नृत्य सहितका सस्कृतीक कार्यक्रम समावेस गरीएको छ ।

प्रदर्शनी मेला तथा सास्कृतीक कार्यक्रमलाई सफल बनाउँनका लागि ८ नम्बर वडा कार्यालयले १०१ सदस्य व्यापार प्रवद्धन समिति बनाएर व्यवस्थित बनाउँने काम गरीएको छ । महोत्सवका लागि वडा कार्यालयले चालु आर्थिक बर्ष २०८०÷०८१ मा छुट्याएको ३ लाख रुपियाँ सहित अन्य सहयोगिहरुबाट जुटाएर ७ लाख रुपियाँ खर्च अनुमान सहित कार्यक्रम गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

व्यापार प्रवद्धन एवम् प्रदर्शनी सडक महोत्सव सम्बन्धी आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष रामकृष्ण थापाले अन्य ठाउँका भन्दा फरक शैलि र द्रिष्टीकोण सहित महोत्सव सञ्चालन गर्न खोजिएको बताए । ऐतिहासिकता केहि नभएपनि मौलिकता सहितको कार्यक्रमको कल्पना गरीएको उनको भनाई थियो । सम्मेलनमा वडासदस्यहरु गोरखनाथ राय, राजु मोक्तान सहित बिभिन्न समिति तथा उपसमितिका संयोजकहरुको सहभागिता थियो

पालिका प्रेस
थप जानकारी