नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलेसरकारले राम्रा काम गर्न खोज्दा सबैतिरबाट घेरावन्दीमा पारेको बताएका छन् । २ पौषमा हेटौंडामा प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको नयाँ शक्ति भनेको माओवादी रहेको दाबी गरे । सुशासनका विषयमा धेरै काम गरेको र अब पनि काम गरिने उनले बताए ।

एमाले पनि २०५१ मा फुटेपछी पहिलो पार्टी बन्न १९ वर्ष लागेको बताउँदै पुनले माओवादी पनि त्यही लाइनमा रहेको बताए । माओवादी नेतृत्वमा रहेको सरकारको काम कामकारबाही सन्तोष जनक नआएको रिपोर्ट कार्डहरु बाहिर आएको सन्दर्भमा उनले अब सरकारले स्पिड लिने विश्वास व्यक्त गरे । पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वभाविक रहेको बताउदै उनले आगामी चौमासिकमा सरकारको स्पिड बढने उनको भनाइ थियो ।

सरकारले सुशासनको सन्दर्भमा गरेको राम्रो कामलाइ असफल बनाउन घेराबन्दी भैरहेको भन्दै उनले राम्रो कामलाइ सबै दलले सहयोग गर्नुपर्ने सस्कारको विकास जरुरी रहेको बताए । सरकारले सोचेजस्तो खर्च गर्न नसकेको कुरा सहि रहेको बताउँदै पुनले खर्च गर्ने प्रणालीको पुनर्निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । देश आर्थिक मन्दीमा गएको, श्रीलंका भएको भन्ने हल्ला गलत रहेको उनको भनाइ रहेको छ ।

पालिका प्रेस
थप जानकारी