अख्तियार हेटौंडाको टोलिद्वारा ५ लाख रुपैयाँ घुस रकमसहित वडा अध्यक्ष पक्राउ गरिएको छ । बारामा पाँच लाख रुपैयाँ घुससहित एक जना वडाअध्यक्ष पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
वडाध्यक्ष कार्कीले बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए, उनी एमालेका मधेस प्रदेश कमिटी सदस्य हुन् ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्