निरज रायमाझी

पालुङ जेसीज वर्ष २०२४ का लागि निरज रायमाझीले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेका छन् । थाहा नगरपालिका वडा नम्बर ३ शिखरकोट निवासी रायमाझी विगत ७ वर्षदेखि जेसीज अभियानमा सक्रिय छन् ।

२०१७ मा सदस्य भई सञ्चार संयोजकको जिम्मेवारी सम्हालेका रायमाझीले २०१८ मा सदस्य, २०१९ मा सदस्य, २०२० मा उपाध्यक्ष, २०२१ मा कोषाध्यक्ष, २०२२ मा महासचिव र २०२३ मा कानुनी सल्लाहकारको जिम्मेवारी सम्हालीसकेका छन् ।

अघिल्लो वर्ष रायमाझीले वर्तमान अध्यक्ष संगम कार्कीलाई सहयोग गर्दै अध्यक्ष पदबाट पछि हटेका उनी यसपालि अध्यक्ष्का प्रमुख दाबेदार हुन् । पालुङ जेसीजका निर्वाचन आयुक्त जयराम खत्रीका अनुसार उमेदवारी दर्ता १० पौष मा हुनेछ ।

पालिका प्रेस
थप जानकारी