पालुङ जेसीज वर्ष २०२४ को लागि अध्यक्ष पदमा दुइजनाको उमेद्वारी दर्ता गराएका छन् । अध्यक्षका लागि निरज रायमाझी र माधब कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयुक्त जयराम खत्रीको अनुसार– एक अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । रायमाझी बर्तमान कार्यसमितिको कानुनी सल्लाहकार र कार्की कोषाध्यक्ष पदमा छन् ।

त्यस्तै २ कार्यकारिणी उपाध्यक्ष पदका लागि २ जनाको र ४ उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । कार्यकारिणी उपाध्यक्ष पदको लागि नारायण तामाङ र मान सिं दोङको र उपाध्यक्ष पदको लागि स्मिता बिष्ट, बिराज थापा, नारायण कार्की र बिस्मिता गोपालीको उम्मेदवारी परेको निर्वाचन आयुक्त खत्रीले जानकारी दिए । जेसिजको विधान अनुसार कार्यकारी उपाध्यक्ष २ र उपाध्यक्ष ४ जना हुने व्यवस्था छ ।

निर्वाचन आयुक्तको कार्यलयले प्रकाशन गरेको सूचना अनुसार उम्मेदवारी फिर्ताको समय पौष ११ गते बिहान ९ बजेसम्म रहेको र उम्मेदवारको अन्तिम नामावली सोहिदिन बिहान १० बजे बजे प्रकाशन हुने महासचिव सञ्जय गोपालीले बताए । साथै पौष ११ गते ११ बजेदेखि उम्मेदवार तालिम र पौष १२ गते १ बजेदेखि उम्मेदवारहरुको अन्तरवार्ता कार्यक्रम रहेको छ । पौष १३ गते ककस पछि निर्वाचनको कार्यक्रम रहेको निर्वाचन आयुक्तको कार्यालयले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी