थाहा नगरपालिकामा क्रियाशिल संस्था पालुङ जेसीज वर्ष २०२४ को अध्यक्ष पदकालागि थाहा नगरपालिका २ का युवा माधब कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । कार्की २०१६ मा पालुङ जेसीजको साधारण सदस्यता लिई २०२० भरतरत्न छात्रवृत्ति संयोजक, २०२१ मा उपाध्यक्ष, २०२२ मा शाखा सम्पदकको जिम्मेवारी सम्हालेका कार्की बर्तमान कार्यसमितिको कोषाध्यक्ष पदको जिम्मेवारीमा छन् ।
कार्की एक वर्ष, एक ब्यक्ति, एक पदको जेसीजको सिद्धान्त अनुसार आफुले बर्ष २०२४ को लागि अध्यक्ष पदमा उमेद्वारी दिन लागेको बताउँछन् । जेसीज अभियानको ३ वटा राष्ट्रिय महाधिवेशन, ४ वटा क्षेत्रिय सम्मेलन सहित जेसीजका बिभिन्न तालिम पुरा गरेका कार्की पालुङ जेसीजमा थाहानगरका सबै वडाका सदस्य बिस्तार गरी बर्ष २०२४ मा युवा नेतृत्व बिकासका लागि आफ्नो नेतृत्व लागि पर्ने बताउँछन् ।

सामाजिक कार्यमा क्रियाशिल कार्की होमस्टे महासंघको केन्द्रिय सदस्य, पाथीभरा क्षेत्र संरक्षण समिति थाहा–२ का अध्यक्ष, मुक्तिनाथ हरियाली कृषि सहकारी संस्थाको अध्यक्ष, डाडाँघरे बाको होमस्टे, डाडाँघरे बाको कृषि तथा पशुपंक्षी फर्म, डाडाँघरे बाको ट्राभल एण्ड टुर थाहा–२ का संचालक, थाहा नगर होटल एसोसिएसनको वरिष्ठ उपाध्यक्ष कार्की थाहानगरको कृषि पर्यटनको क्षेत्रमा सक्रिय छन् ।
उम्मेदवारी दर्ता पछि कार्कीले वर्ष २०२४ मा थाहा नगरको १२ वटै वडामा युवा नेतृत्वको विकासका लागि पर्ने बताए । युवाहरुलाई कृषि र पर्यटनको क्षेत्रमा सक्रिय बनाई उद्यमशील बनाउन बिभिन्न संघसंस्था संगको समन्वयमा बिबिध कार्यक्रम संचालन गरिने बताए ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्