पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष चयनको लागि निर्वाचन हुने भएको छ । सहकारी अध्यक्ष पद रिक्त भएपछि संस्थाले निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन अधिकृत सानोभाई कार्कीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन । तालिका अनुसार पौष १३ गते दिउँसो २ बजे देखि ३ बजेसम्म उम्मेद्बारी दर्ता गर्ने अवधि तोकिएको छ । अध्यक्ष पदमा ४ जनाको आकंक्षा रहेको बुझिएको छ ।
वर्तमान कार्यवाहक अध्यक्ष अरुण रायमाझी, पुर्व उपाध्यक्ष कृष्ण बहादुर बिष्ट, पुर्व अध्यक्ष पुरुषोत्तम कार्की र संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल अध्यक्ष पदका लागि आकांक्षी छन् ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्