जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध ८८ किलो गाँजा ओसारपसारको आरोपमा हेटौंडाबाट एक युवकलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातामाटे चेकपोष्टबाट ८८ किलो लागुऔषध गाँजासहित २५ वर्षीय युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर६, बज्रबाराहीका २५ वर्षीय सविनकुमार गुरुङ रहेका छन् । प्रहरीचौकी रातोमाटेमा खटिएको प्रहरीटोलीले चितवनबाट सर्लाही जाँदै गरेको ना ८ ख ७५०४ नम्बरको कन्टेनर ट्रकलाई जाँच गर्दा लागुऔषध गाँजा रहेको पाइएपछि गुरुङ सहित ट्रकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । गाँजाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी