हेटौंडामा प्रदेश सरकार र स्थानीय तहका अधिकारका विषयमा छलफल भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रदेश र स्थानीय तहका अधिकारका बिषयमा छलफल भएको छ ।
कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संघीय सरकारले अधिकार खोसेका कारण आफुहरु कामै गर्न नसक्ने अप्ठेरोमा भने परिनसकेको बताएका छन् । संघ सरकार र प्रदेश सरकारका बिचमा तिक्तता पनि नभएको बताए । आफुहरुले पाएको अधिकारबाट धेरै काम गरेर देखाएको उनको दाबी छ । अहिलेको अवस्थामा छिटो परिणाम खोज्ने परिपाटीका कारण थप समस्या सृजना भएको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल नगरपालिकासंघका अध्यक्ष भिम प्रसाद ढुंगानाले संघीयतालाई कार्यान्वयन गर्न नसकेमा समस्या हुने बताए । संघ र प्रदेशलाई गुनासो गर्ने भन्दा पनि अब काम गरेर देखाउन उनले आग्रह गरे । संबिधानमा लेखिएका एकल अधिकार र संयुक्त अधिकारका कुरा कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बजेट थोरै स्थानीय तह र प्रदेशलाई दिएर अरु बजेट धेरै संघीय सरकारले राख्दा काम गर्नका लागि समस्या भएको बताइन् । ऐन बनाउने नाममा संघ र प्रदेशले स्थानीय तहको अधिकारमा समस्या उत्पन्न भएको उनले बताइन् । कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, प्रदेशका प्रमुख सचिब, मन्त्रालयका सचिबहरु, स्थानीय तहका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्