मकवानपुर थाहानगरमा सञ्चालनमा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा अन्नतः निर्वाचन हुने भएको छ । संस्थाका अध्यक्ष उमेश प्रसाद ढकाल राजश्व चुहावट अभियोगमा दोषी ठहरिएपछि रिक्त रहेको अध्यक्ष पदमा चुनाव हुने भएको हो ।

संस्थाको २४ औँ वार्षिक साधारणसभाबाट अध्यक्ष पदका लागि निर्वाचनको कार्यक्रम सार्वजनिक भएको छ । कार्यक्रम अनुसार १५ पुसमा हुने निर्वाचनका लागि ४ जनाले अध्यक्ष पदमा उमेद्वारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत सानोभाइ कार्कीका अनुसार–कृष्ण बहादुर विष्ट, विमल कुमार ढकाल, विष्णुहरि ढकाल र पुरुषोत्तम कार्कीले अध्यक्ष पदका लागि उमेद्वारी दर्ता गराएका हुन् ।

उमेद्वारी दर्ता गराएका विष्ट बाहेक सबै सोही संस्थाको पुर्व अध्यक्षहरु हुन् । जनकल्यण माविका शिक्षक समेत रहेका विष्टले शिक्षक पदबाट राजिनामा दिएर अध्यक्ष पदका लागि उमेद्वारी दर्ता गराएका हुन् । विष्ट पूर्व उपाध्यक्ष हुन् । ६ हजार ३ सय ८८ जना शेयर सदस्य रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको बज्रवाराही र हेटौंडामा सेवा केन्द्र समेत रहेको छ ।

पालिका प्रेस
थप जानकारी