पालुङ जेसिज वर्ष २०२४ का अध्यक्षनका उमेद्वार माधव कार्कीले आफूलाई जिताउन मतदाताहरुलाई आग्रह गरेका छन् । विभिन्न भिजनसहित उमदेवारी दिएका कार्कीले आफूले युवा नेतृत्वका लागि भरमग्दुर काम गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।

‘विकासको लागि नेतृत्व’ प्रकरणका साथ चुनावी अभियानमा होमिएका कार्कीले पालुङ जेसीज बर्ष २०२४ लाई उत्कृष्ट बर्षका रुपमा चिनाउन थाहा नगरको कृषि र पर्यटनको क्षेत्रमा विविध कार्यक्रमहरु सञ्चालन गर्ने बताए । २०१६ मा पालुङ जेसीजको सदस्यता लिई २०१७, २०१८, २०१९सम्म साधारण सदस्य रहँदै २०२० मा भरतरत्न छात्रवृत्ति संयोजक, २०२१ मा उपाध्यक्ष, २०२२ मा शाखा सम्पदकको जिम्मेवारी सम्हालेका कार्की बर्तमान कार्यसमितिको कोषाध्यक्ष पदको जिम्मेवारीमा छन् ।

कार्की एक वर्ष, एक ब्यक्ति, एक पदको जेसीजको सिद्धान्त अनुसार आफुले बर्ष २०२४को लागि अध्यक्ष पदमा उमेद्वारी दिन लागेको बताउँछन् । जेसीज अभियानको ३ वटा राष्ट्रिय महाधिवेशन, ४ वटा क्षेत्रिय सम्मेलनसहित जेसीजका बिभिन्न तालिम पुरा गरेका कार्की पालुङ जेसीजको थाहानगरका सबै वडामा सदस्य बिस्तार गरी बर्ष २०२४ थाहानगरका सबै वडामा युवा नेतृत्व बिकास गर्न लागिपर्ने बताए ।

सामाजिक कार्यमा क्रियाशिल कार्की होमस्टे महासंघको केन्द्रीय सदस्य, पाथीभरा क्षेत्र संरक्षण समिति थाहा–२का अध्यक्ष, मुक्तिनाथ हरियाली कृषि सहकारी संस्थाको अध्यक्ष, डाडाँघरे बाको होमस्टे, डाडाँघरे बाको कृषि तथा पशुपंक्षी फर्म, डाडाँघरे बाको ट्राभल एण्ड टुर थाहा–२ का संचालक, थाहा नगर होटल एसोसिएसनको बरिष्ठ उपाध्यक्ष कार्की थाहानगरको कृषि पर्यटनको क्षेत्रमा सक्रिय छन्।

पालिका प्रेस
थप जानकारी