पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका नव निर्वाचित अध्यक्ष कृष्ण बहादुर विष्ट (केबी सर) ले शपथ ग्रहण गरेका छन् । १५ पुसमा सहकारी संस्थाकै हलमा एक कार्यक्रमको आयोजना गरी निर्वाचन अधिकृत सानोभाइ कार्कीले शपथ गराएका हुन् ।
थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको समेत उपस्थिती रहेको शपथ ग्रहण कार्यक्रममा सहकारीका पूर्व अध्यक्षहरु विष्णुहरि ढकाल, विमल कुमार ढकाल, पुरुषोत्तम कार्कीलगायत पनि थिए । कार्यक्रममा सहकारीका कार्यवहाक अध्यक्षको भूमिकामा रहेका अरुण रायमाझी, सदस्य यादवजंग रायमाझी पनि सहभागी थिए । चार जनाको उमेद्वारी परेको अध्यक्ष पदमा विष्ट सर्वसम्मत निर्वाचित अध्यक्ष हुन् ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्