नेपाली साहित्य क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ का बिर्खे अञ्जानलाई इन्दिरादेवी स्मृति मुक्तक सम्मान २०८० समर्पण गर्ने घोषणा गरिएको छ । प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नो हजुरआमाको स्मृतिमा स्थापित सो सम्मानको राशि नगद ५ हजार ५ सय ५५ रूपैयाँ रहेको छ।

आगामी माघ २७ गते हुने मुक्तक मञ्च मकवानपुरको दोस्रो बार्षिक उत्सव तथा पहिलो अधिवेशनबाट नयाँ कार्य समिति चयन गर्दै मुक्तक विधामा योगदान पु¥याउनु हुने बिर्खे अञ्जान सहित ३ जना स्रष्टाहरूलाई सम्मानित गर्ने संस्थाको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित बहादुरनन्द स्मृति मुक्तक सम्मान २०८० बाट पोखराका मुक्तककार दीपक समीपलाई प्रदान गर्ने भएको छ ।उक्त सम्मानको राशि ७ हजार ७ सय ७७ रूपैयाँ रहेको छ भने मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा आफ्नो बाबुको स्मृतिमा स्थापित रू ७ हजार ५ सय राशिको तारा स्मृति मुक्तक सम्मान रौतहटका स्रष्टा हरिकृष्ण काफ्लेलाई प्रदान गरिने भएको हो ।

तीनैजना स्रष्टाहरू नेपाली भाषा, साहित्य क्षेत्रमा लामो समयदेखि समर्पित प्रखर व्यक्तित्वहरू हुन्।

पालिका प्रेस
थप जानकारी