वडा अध्यक्षले नागरिकलाई विभेदपुर्ण व्यवहार गरेको भन्दै नेकपा माओवादी केन्द्र थाहानगर ७ नम्बर वडा कमिटिले ज्ञापनपत्र बुझाएको छ । २४ पुसमा थाहा नगरपालिका वडा नम्बर ७ को कार्यालयमा वडाध्यक्ष शिवराज थिङलाई ध्षनाकर्षण पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा वडा अध्यक्षको भुमिका निर्वाह गर्ने शिलशिलामा निष्पक्ष नभएको, विभेदकारी व्यवहार भएको, पार्टी, समुदाय, लिङ्गको आधारमा विभेदपुर्ण कार्य सम्पादन भएको जनगुनासो विभिन्न समुदायबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा आएको उल्लेख गरिएको छ । आफुभन्दा फरक दलको सेवाग्राहीको व्यावसायिक दर्ता प्रमाणपत्र नवीकरण फारममा हस्ताक्षर नगरी महिनौसम्म झोलामा बोकेर हिड्ने गरेको, राजश्व दाखिला नगरेको लगायतको सवालहरुमा माओवादी वडा कमिटिले ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ–‘ज्ञापनपत्रको वेवास्ता गरी निर्दोष नागरिकमाथि पकट–पटक दुःख दिने, मानसिक याताना दिने तथा जनताप्रतिको शासन प्रणालमिा सुधार नभएमा संघर्षका अन्य कार्यक्रमहरु सार्वजनिक गरी यस थाहा–७ को निमुखा नागरिकको पक्षमा निरन्तर आवाज बुलन्द गर्ने प्रण गर्दछौं ।’ त्यस्ता कार्यक्रम सृजना भएको त्यसको जिम्मेवार स्वयंम वडाध्यक्ष हुने समेत ज्ञापन पत्रमा उल्लेख गरिएकमो छ ।

ध्यानाकर्षणपत्रमा माओवादी केन्द्रका ७ नम्बर वडा अध्यक्ष मान बहादुर लो, वडा इन्चार्ज पुर्ण थिङ, सहइन्चार्ज ईमान सिंह थिङ, वाइसीएल वडा अध्यक्ष तिलक बहादुर गोलेको हस्ताक्षर रहेको छ । वडा नम्बर ७ मा अध्यक्ष थिङ नेपाली काँग्रेसबाट निर्वाचित हुन भने अरु बाँकी ४ जना सदस्यहरु नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

हेर्नुस ज्ञापनपत्र

पालिका प्रेस
थप जानकारी