नेकपा माओवादी केन्द्रको थाहानगर ३ वडा कमिटिको वडा सम्मेलनले विक्रम विष्टलाई अध्यक्षमा चयन गरेको छ । बिष्टको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि चयन भएको वडा कमिटिको उपाध्यक्षहरुमा शारदा गोपाली, किशोर रायमाझी र जीवन थोकर रहेका छन भने सचिबमा सुभाष गोपाली, सह–सचिवमा पुर्ण सिंह पाख्रीन, कोषाध्यक्षमा विश्वनाथ रायमाझी र सह कोषाध्यक्षमा पुर्णध्वज काकीलगायत सदस्यहरु चुनिएका छन् ।
वडा सम्मेलनको अवसरमा लामो समयदेखी पार्टीलाई सहयोग गर्दै आइरहेका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थाहानगर नगर सदस्य राजकुमार कार्कीले जानकारी दिए । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा पार्टीका नगर ईन्चार्ज विष्णु बहादुर बिष्टका विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।

माओवादी केन्द्र थाहा ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा भएको वडा सम्मेलनमा माओवादी थाहानगर अध्यक्ष बिनोद कुमार लामा, नगर सचिव लक्ष्मण बिष्ट, मकवानपुर जिल्ला समन्वय समिती सदस्य अरुण रायमाझी, नगर उपाध्यक्ष नवराज बिष्ट, प्राध्यापक संघका केन्द्रिय सदस्य हरीकृष्ण कार्कीलगायतले मन्तव्य राखेका थिए ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्