स्वच्छन्द भैरव युवा क्लवको आयोजना थाहा नगरपालिका वडा नम्वर ९ स्थित चित्लाङमा जारी मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनलमा विनयबाबु स्मृति प्रतिष्ठान र छहारी युवा समाज हेटौंडा प्रवेश गरेको छ।
२९ पुसको पहिलो सेमिफाइनल खेलमा बिनय बाबुले थाहा खेलकुद विकास समिति चित्लाङलाई र छहारी युवा समाजले थाहा खेलकुद विकास समिति थाहा५ लाई पराजित गरेका हुन।
१५ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले नगद ६० हजार, उपविजेता टिमले नगद ३० हजार र तेस्रो हुने टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल माघ १ गते हुने बिराजन बस्नेतले जानकारी दिए।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्