नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) थाहा नगरपालिका ९ नम्बर वडा कमिटिको अधिवेशन भएको छ । अधिवेशनले रमेश विडारीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

अधिवेशन माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । ९ नम्बर वडा कमिटिका कार्यवाहक अध्यक्ष रमेश बिडारीको अध्यक्षतामा भएको अधिवेशनका सहभागीहरुलाई अन्जु श्रेष्ठले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठसहित थाहानगर कमिटी अध्यक्ष बिनोद लामा, नगर सदस्य जयराम जोशी, ९ नम्बर वडा अध्यक्ष राजकुमार बलामीले मन्तव्य व्यक्त गरेका थिए ।

पालिका प्रेस
थप जानकारी