ईलाका प्रहरी कार्यालय पालुङले अबैध लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पालुङका अनुसार ८ माघ बिहान अन्दाजी १२ः४५ बजे प्रहरी टोली गोप्य सूचनाको आधारमा आग्राको दामगाडे पुगेको थियो ।
थाहा नगरपालिका वडा नम्बर ८ को दामगाडे–गल्छी कच्ची सडक खण्डमा बलेरो गाडीमा अबैध लागू औषध गाजा लोड गरी लैजादै गरेको छ भन्ने बिशेष सूचनाको आधारमा गाडीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगरको कमान्डमा खटी गएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा बिहान २ः४५ को समयमा दामगाडे स्थित कच्ची सडकमा बा १५ च ३९२९ नम्बरको सिंगल क्याप बोलेरो गाडी संकास्पद अवस्थामा फेलापारी चेकजाँच गर्दा सोही गाडीमा लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा दुई वटा बोरामा प्याकिङ गरेको ६ वटा पोकामा ५२ किलो ९ सय ग्राम लागू औषध गाँजाको धुलो सहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रसुवा जिल्ला पार्वतीकुण्ड गाउँपालिका स्थायी घर भइ हाल थाहा नगरपालिका वडा नम्बर ९ नारायणहिटी बस्ने बर्ष २७ को प्रभात घलान र थाहा ३ दम्की स्थायी घर भइ हाल थाहा ६ बज्रवाराही बस्ने बर्ष ३२ का रण बहादुर थिङ रहेको ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्