सरकारी कागजपत्र र पत्राचारमा अनिवार्य रुपमा नेपाल संवत् लेख्ने निर्णय गर्दै देशभरका स्थानीय तहसम्मलाई परिपत्र गरेको संघीय सरकार आफैँ यसको कार्यान्वयनमा उदासिन देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तह र जिल्ला समन्वय समितिलाई आफ्नो लेटरहेडसहितका काजगातमा नेपाल संवत् लेख्न अनुरोध गर्दै पत्राचार गरेको छ ।

संघीय मन्त्रिपरिषदले गत २७ कात्तिकमा विक्रम संवत् उल्लेख हुने सरकारी कागजातमा अनिवार्य नेपाल संवत् लेख्ने निर्णय गरेको थियो ।

यो निर्णयको लामो समयपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विभिन्न मन्त्रालयमा पत्राचार गर्दै निर्णय कार्यान्वयन गर्न भनेको थियो ।मन्त्रालयको यो पत्रलगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र लेख्दै नेपाल संवत् अनिवार्य लेख्न भन्यो ।

पालिका प्रेस
थप जानकारी