बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले यस प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम गर्ने निर्णय गरिएको छ । ११ माघमा बसेको बैठकले समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० स्वीकृत गरेको छ ।
यसैगरी बागमती प्रदेश स्तरीय ज्येष्ठ नागरिक नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८० स्वीकृत गर्ने, सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्