हेटौंडामा सूचनाको चलखेल र लोकतन्त्रका विषयमा छलफल भएको छ । सेन्टरफर मिडिया रिसर्च नेपालको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य रत्नप्रसाद ढकालले मिथ्या सूचना रोक्नका लागि प्रदेशबाट काम गरिनुपर्ने बताए । समाचार लेख्दा सत्यतथ्यमा आधारित रहेर समाचार लैख्नका लागि उनले आग्रह समेत गरे । डिजिटल मिडियाले पारेको प्रभाब धेरै भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा अर्का प्रदेशसभाका सदस्य सरल सहयात्रीले सत्यतथ्य समाचार मात्र बाहिर लग्न आग्रह गरे । मिडियाले इगो राखीकन समाचार लेख्नेहो भने सत्य समाचार बाहिर ल्याउनुपर्ने बताए । मिडियाले सामाजिक सञ्जाल माथी उठेर काम गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य रमा आले मगर, माया श्रेष्ठ, गीता गुरुङ, प्रदेश सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, हेटौंडाा वडा ८ अध्यक्ष रामकृष्ण थापा, जिल्ला बार एशोसिएसन अध्यक्ष अप्सरा बस्नेत तथा सञ्चारकर्मीहरुले आफ्नो भनाई राखेका थिए ।
आइ आर आइका प्रमुख युवराज आचार्यले सूचना चलखेल पात्र, कारण र तरिका, राजनीतिक अभियान्ता, व्यापारिक कम्पनी ,वैदेशिक शक्ति, चरमपान्थी समुहरु र सरकारको मिथ्या सूचना, सूचना चलखेलका माध्यम र सामाग्री, मिथ्या सुचना हुन नदिन आवश्यक तथ्याङ्क, मिथ्या सूचनाका रणनीति बारे प्रस्तुत गरेका थिए ।
त्यसैगरी मिथ्या सूचना हुन नदिन आवश्यक तथ्याङ्क र मिथ्या सूचनाका रणनीति बारे व्याख्या गर्दै निर्वाचनको बेला मिथ्या सूचना कसरी फैलाइन्छ भन्ने बारे प्रस्तुत गरे । मिथ्या सूचनाबाट पर्ने असरहरु, सूचनामा अन्यौलका कारण पर्ने असर, बारे बताउदै कानुनी प्रावधान बारे प्रस्तुत गरेका थिए ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्