बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभित्रका अधुरा योजनालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बिहीबार आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै बहुवर्षीय प्रादेशिक अधुरा योजना तत्काल पूरा गर्नतर्फ निर्देशन दिएका हुन् ।
‘कतिपय योजना अलपत्र छन्, ती योजना पुरा गर्नुस्’, मुख्यमन्त्रीले भने । अधुरा योजना सम्पन्न भएपछि मात्रै नयाँ योजना बनाउन आग्रह गर्दै अधुरा योजनाले गर्दा भुत्ताmनीमा समेत समस्या उत्पन्न हुँदै गएको बताए । उनले ग्रामीण क्षेत्रमा सडक विस्तारमा प्रदेश सरकार अग्रसर रहेको भन्दै परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए । ‘हिजोको जस्तो अवस्था छैन, अहिले धेरै नै विकास हुँदै गएको छ’, मुख्यमन्त्री जम्कट्टेलले भने । आवश्यक नीति र योजना सरकारले बनाइरहेकाले कार्यान्वयनमा कर्मचारीको कार्य सम्पादनको मूल्यांकन सरकारले गरि रहेको उनले बताए ।
काममा समस्या हुने भएकाले कर्मचारी सरुवा नगर्ने पनि उनको भनाई छ । प्रदेशको ठुलो बजेट रकम भौतिक मन्त्रालय मातहतका कार्यालयमा हुने भएकाले प्रदेश सर कारको परिणामुखी नतिजा पनि पूर्वाधार विकास कार्यालयबाट नै हुनुपर्ने उनको जोड छ । मन्त्रालयका सचिव अमृत श्रेष्ठको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नरविक्रम थापालगायतको आतिथ्यता थियो ।
कार्यक्रममा प्रदेशभित्र रहेका ८ वटा पूर्वाधार विकास कार्यालय क्षेत्रका प्रगति विवरण प्रस्तुत गरिएको थियो भने मन्त्रालय मातहतका आयोजना र निर्देशनालयको समेत प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्