नेकपा एमाले थाहानगर अन्तर्गतका वडाहरुको अधिवेशनको तयारी तीव्र भईरहेको छ । सो अन्तर्गत थाहा ११ को अधिवेशन फागुन ४ गते र थाहा १२ को अधिवेशन फागुन ५ गते गर्ने निर्णय गरेको छ । १३ माघमा थाहा ११ नौखन्डेमा राजकपुर बलको अध्यक्षतामा बसेको बैठकले माघ २१ गतेभित्र सदस्यता नवीकरण गरि फागुन ४ गते वडा अधिवेधन गर्ने निर्णय गरेको छ ।

यसैगरी, १३ माघमै नै सन्चे स्याङ्तानको अध्यक्षतामा तारुका डाँडामा बसेको थाहा १२ को बैठकले फागुन ५ गते अधिवेशन गर्ने निर्णय गरेको छ । दुबै बैठक एमाले जिल्ला कमिटी सदस्य तथा थाहानगर सह–इञ्चार्ज सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा भएको हो । बैठकमा जिल्ला सदस्य तथा थाहा ११ इञ्चार्ज सुनिता दोङ, जिल्ला सदस्य तथा १२ का इञ्चार्ज युवराज गोले, एमाले नेता बिमल कुमार ढकाल, मानबहादुर स्याङ्तानलगायतको उपस्थिति थियो ।

बैठकहरुमा हालको अवस्थाको समीक्षा गर्दै समय मै पार्टी सदस्यता नवीकरण गराउने र नियमित रुपले पार्टी अभियानलाई प्रभावकारी बनाउने निर्णय समेत भएको छ । एमालेको थाहाका विभिन्न वडाहरुले वडा अधिवेशनको मिति तय गरिसकेको छ । वडा नम्बर २ ले फागुन ५ गते, ३ ले ९ गते, ५ ले ११ गते, १ ले १२ गते र ७ ले १५ गते वडा अधिवेशन गर्ने निर्णय गरेर तयारी थालिसकेको एमालेले जनाएको छ ।

एमाले थाहा नगरको अधिवेशन आगामी २८ फागुनमा हुँदैछ ।

पालिका प्रेस
थप जानकारी