थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माविका डेढ सय विद्यार्थीहरुको दन्त परीक्षण गरिएको छ । लायन्स क्लव अफ थाहा पिसको व्यवस्थापन तथा काठमाडौं डायमन्ड नारी शक्तिको प्राविधिक सहयोगमा निःशुल्क दन्त सिविरको आयोजना गरिएको हो ।

डा. सबिता सिग्देल र डा. समीक्षा ढकालले जनकल्याणका विद्यार्थीहरुको दन्त परिक्षण तथा उपचार गरेका हुन् । सिविरमा सहभागी विद्यार्थीहरुलाई ब्रस, मन्जन, माउथ वासलगायतका सामग्रीहरु समेत वितरण गरिएको लायन्स क्लव अफ डायमन्ड नारी शक्तिका अध्यक्ष दिव्या घिमिरेले जानकारी दिइन् ।

थाहा पिसले काठमाडौंमा रहेका क्लवहरुसंग सहकार्य गरी थाहामा विभिन्न कार्यक्रम गरिने थाहा पिसका अध्यक्ष गीता कार्कीले बताइन् ।

पालिका प्रेस
थप जानकारी