थाहानगरमा क्रियाशील पालुङ जेसीज वर्ष २०२४ को पहिलो कार्यक्रम अन्तरगत शाखा पदाधिकारीहरुको लागि तालिम दिइइएको छ । पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा पालुङ जेसीज बर्ष २०१९ का अध्यक्ष कुमार नेगीले प्रशिक्षण दिएका थिए ।

तालिममा पालुङ जेसीज वर्ष २०२४ का निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई आफ्नो काम, कर्तव्य र जिम्मेवारीका बारोमा प्रशिक्षक नेगीले जानकारी दिए । तालिममा वर्ष २०२४ का अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकार लगायत पदाधिकारी र कार्यक्रम संयोजकहरुको सहभागिता रहेको महासचिव विक्रम गोपालीले जानकारी दिए ।

पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष संगम कार्की, पूर्व अध्यक्षहरु सुरेन्द्रमान प्रधान, नवराज लामा, जयराम खत्रीको आतिथ्यता रहेको थियो ।