स्तिपुर जेसिज हाँडीखोलाको १३ औं पदस्थापना तथा पुरस्कार वितरण आइतबार सम्पन्न भएको छ । हेटौंडा-१९ स्थित जेसिजको सभाहलमा आयोजित कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष प्रेम बहादुर गोङ्बाले वर्ष २०२४ का अध्यक्ष अमृत पाठकसहित पदाधिकारीलाई पदभार हस्तान्तरण गरेका छन् ।

वर्ष २०२४ का लागि अध्यक्ष पाठकसहित कार्यकारिणी उपाध्यक्षमा हरेराम हटुवाल (निर्मल) र सन्जोग उप्रेती र उपाध्यक्षमा लोक लामा मोक्तान, रविन लामा, सोवित वाईबा र दिनेश चौलागाईँ, निर्वाचित भएका थिए । कार्यक्रममा वर्ष २०२४ का लागि अध्यक्ष पाठकले कोषाध्यक्षमा सन्देश पण्डित, महासचिवमा सुरज बर्तौला र कानुनी सल्लाहकारमा सन्दिप पाठकलाई मनोनीत समेत गरेका छन् । यसैगरी पदस्थापना तथा पुरस्कार वितरण समारोहमा पत्रकार रुपक कालिराजलाई स्वर्गीय उदय सिंह पाठक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । भने समाजसेवी पुरस्कार ॐ वृद्ध आश्रमका अध्यक्ष सिद्धि लाल श्रेष्ठलाई प्रदान गरेको छ ।

पुरस्कृत कालिराज र श्रेष्ठलाई ७ हजार २ सय २ रुपैयाँ नगद सहित दोसल्ला, सम्मानपत्र र मालाका साथ वर्ष २०२४ का अध्यक्ष अमृत पाठकका परिवार र पूर्व ऊर्जा राज्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले सम्मान गरेका हुन्।

पालिका प्रेस
थप जानकारी